दफा ५०
पेशीको सूचना दिने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतलेकसूर सम्बन्धी मुद्दामा कम्तीमा सात दिन अघि नै पेशीको सूचना सम्बन्धित सरकारीवकिल कार्यालयलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचना प्राप्त गरेपछि सरकारी वकिल कार्यालयलेसम्भव भएसम्म सम्बन्धित पीडितलाई यथाशीघ्र पेशीको जानकारी दिनु पर्नेछ ।